एकान्तमा टोलाइरहेको त्यो तिम्रो मनलाई सोध,
“के यहि नै हो वास्तविकता?”
आज आफ्नै देहलाई आफ्नो अस्तित्व सोध्दैछ आत्माले,
स्पस्टिकरण माग्दै छ जीवन ले,
“के यहि नै हो वास्तविकता?”
आफ्नै मनको खोलाले बगाएका आकाङ्ग्छ्या,
आज किनार माग्दैछन्,
कुनै सपनाका पछि लागेका पाइला,
आज तिनै सपनाबाट भाग्दैछन्,
आफ्नै अन्तर्मनको कोलाहलबाट ब्युझिएर,
सोध,
तिमी आफैलाई,
“के यहि नै हो वास्तविकता ?”
सितल हावाको लहरसंगै बगिरहने यी विचारधारा,
आज चिन्तै चिन्ताका लू ले तातिएकाछन्,
सदैव अडिग अटल रहने बिचार,
प्रश्नै प्रश्नका मदिराले मातिएकछन,
विवादै विवादले थुनिएका
मस्तिस्कका ढोका ढक्ढकाएर सोध तिमी,
“के यहि नै हो वास्तविकता ?”
समय गतिशील छ, समय नै अपरिहार्य,
यहि समय कै एउटा समयजालमा,
आज चाहना अड्किएकाछन्,
कुनै बेला अविरल प्रबाहका शब्दावली,
आज आफ्नै बाहावमा भड्किएकाछन्,
त्यहि खोला बाट लम्की आएको,
त्यो,
एउटा कुलोलाई एकछिन थामेर सोध तिमी,
“के यहि नै हो वास्तविकता ?”
आज आ-आफै लड्दै गरेका,
मन — मस्तिसक देखेर
यो सोच पनि आफै भित्र हराएको छ,
मस्तिस्क पनि आज मन आफु माथि “हावी हुन्छ कि?” भनेर डराएको छ ।
यी सबै प्रश्न सुनेर मनले भन्छः
एकान्तमा एउटा संसारको,
त्यो विशाल सगरमा,
उडिरहेको पन्छी भएको छु म !
हराएको एउटा विचार जसरी,
एउटा उज्यालो पाउने आशामा,
अन्धकार पन्छ्याइरहेको छु म !
यो विशाल तृष्णाको सागरमा,
एउटा करुणा को डुंगा चढी,
जीवन — औचित्य को टापु खोज्दै छु म !
शिशिरयामको रुस्ट वायु संग,
आफ्नो प्रकाश फैलाउन खोजिरहेको दीयो जसरी,
आज आफै सित लड्दै छु म !
लक्ष्य र लाभको यो लामो दौड मा,
एउटा लंगडो घोडा जसरी
निकै नै हड्बडाएको छु म !
तर पनि अघि बढेको छु म !
प्रश्नै प्रश्न को श्रृंखलाबद्ध संजाल मा,
समय र भावना संग,
अस्वतन्त्रताको सांगला भाच्दै,
उत्तर माग्दै छु म !
यो कठोर अन्तरमनको द्वन्दमा,
बाहिरि हस्तक्ष्येप हुन नदिन,
अर्को युद्ध लड्दै छु म !
प्रश्न कति छन् कति,
तर सायद उत्तर एउटै !
बाहना कति छन् कति,
तर सायद कारण एउटै !
चाहना कति छन् कति,
तर सायद आवस्यकता एउटै !
सुन्ने कान कति छन् कति
तर बुझ्ने सायद एउटै !
आज यो आफ्नै सहरमा,
सायद एउटा अन्जान यात्री भएको छु म !
कतै न कतै
कसै न कसैगरी
यो संघर्षपूर्ण यात्रामा,
घुम्दै, हराउदै,
आज आफै सित डराएको छु म !
मनै मन पिडा को क्रन्दन पोख्दै कराएको छु म !
भावनामा परेका श्रृंखलाबद्ध प्रहारले,
विभिन्न प्रस्तावमा पाएका नकारले,
कुनै न कुनै प्रकार ले,
आज कता हो कता गएको छु म,
सायद एउटा शिर्षक बिना को कथा भएको छु म !
सायद एउटा शिर्षक बिना को कथा भएको छु म !

Comments
Post a Comment