Skip to main content

शब्दहीन संवाद

 

 

  (कविता)

 



 

आज महिनौँ पछि,
अध्याँरोमा सगरलाई नियाल्दै थिएँ म।
कठ्याङ्रिदो हिउँदे तुषारो मा पनि,
एउटा अनौठो शितलता को आभाष गर्दै पाएँ,
 
आफुलाई, मैले।

अतितका सम्झनाहरुमा,
 
डुब्न थाल्दै थिएँ।
आश्चर्य !
उही चिसा रात,
 
तर, चिन्ता भन्दा उत्साहले भरिएको मन,
 
थकान भन्दा उत्सुकताले भरिएको मस्तिस्क,
 

 
परिपक्वताका पाठ सुन्नु अघिको
अबोध,
र अस्थिर, यही, त्यो मन।


वास्तविकताको सामिप्य भुल्दै,
एउटा अर्थहीन यात्रामा
अर्थ भेटाउँदै,
बेफिक्री मुस्कानले सजिएका
ती कोमल नयनमा,
एकै क्षण टोलाई बसे म।
यो यथार्थलाई,
भूत र भविष्यको,
समय सान्दर्भिक साङ्गला बाट मुक्त,
किन्तु , परन्तु का शृंखला बाट मुक्त,
एउटा बेग्लै भेषमा,
एकान्तमा,
क्षणिक सन्तुष्टिको अनुभूति दिने,
एउटा खाममा,
यादका रंगले चिठी भर्दै थिएँ म।

 तर,
 
एकैछिन मात्र सपनामा बिछट्टिएका,
 
समय र वर्तमानले , फेरि संगम भेटाउन थाले,
 
नचाहँदा नचाहँदै पनि,
हिजोका ती पलहरु बाट, बिदा मागेँ।


तर जानु अघि,
 
त्यहि, मन्त्रमुग्ध तुल्याउने,
मुस्कानले भरिएका अतितका अंशहरुलाई,
अंकमाल गरे।

यो यात्रा यहिँ सकियो,
तर फेरि आउनेछु भनि,
आफुलाई सान्त्वना दिएर,
एक-दुई मुस्कान,
केहि अथक प्रयास गर्ने साहस,
,
केहि बेफिक्रीपन,
उधारो ल्याई,
वर्तमानको निमन्त्रणा स्विकारेँ।

 

Comments

Post a Comment