Long lost art thou in paths of indecision, Forest of thoughts doth block thy glimmer, Soft whisphers passeth through like breezes, Abysmal ventures dost thou seeketh through the night. O lord almighty! Bestow upon me thy blessing I seeketh, For only thy grace shall lift me from this plight.
आज यो तुषारोको कम्बल ओढी, खुला सगरले छत दिएको, मेरा सपनाको घरलाई, पहरा दिँदै छु म । अन्धकारले ढाकिएको जंगलका, खोंचमा उभिएको छु म । शायद मैले त्यागेका शयनले, यो मेरो देशलाई चैन दिन्छ । प्रतिज्ञा मैले आफैसित गरेको छु, कर्तव्य बोधले तेर्साएको बाटो समाएको छु, प्रशंसाको निमित्त होइन, कुनै तृष्णाले डोर्याएको होइन, म त केवल यो मेरो देशलाई, शान्त राख्न, कुनै सशस्त्र संघर्षबाट जोगाउन आफ्नै अन्तर्मनको संघर्ष छिचोल्दै, उद्धेश्य प्रति लम्किएको छु । मेरो देश निश्चिन्त छ, किनभने मेरो संकल्प निश्चल छ, शरीर थकित होला, तर पाइला मेरा अथक छन् । जब–जब यो धर्ति काँपेर आउँछ, तब–तब मेरो मनमा पनि, त्यसका पराकम्पन् छाउँछन्, जब–जब श्रावणमा गगन, मेघका बोझले कराउँछ, तब–तब फेरि कोशी रिसाउँछिन् कि भनि, मेरो मन डराउँछ । तर जगत हड्बडाएपनि, साहस मेरो डगमगाउँदैन, आशा झिर्मिराएपनि, तपश्या मेरो धिर्मिराउन्न, चाहे यो देहले प्र...