Skip to main content

Posts

Showing posts from January, 2024

प्रहरीको चिठी

    आज यो तुषारोको कम्बल ओढी,  खुला सगरले छत दिएको,  मेरा सपनाको घरलाई,  पहरा दिँदै छु म ।  अन्धकारले ढाकिएको जंगलका,  खोंचमा उभिएको छु म ।  शायद मैले त्यागेका शयनले,  यो मेरो देशलाई चैन दिन्छ ।  प्रतिज्ञा मैले आफैसित गरेको छु,  कर्तव्य बोधले तेर्साएको बाटो समाएको छु,  प्रशंसाको निमित्त होइन,  कुनै तृष्णाले डोर्याएको होइन,  म त केवल यो मेरो देशलाई,  शान्त राख्न,  कुनै सशस्त्र संघर्षबाट जोगाउन आफ्नै अन्तर्मनको संघर्ष छिचोल्दै,  उद्धेश्य प्रति लम्किएको छु ।  मेरो देश निश्चिन्त छ,  किनभने मेरो संकल्प निश्चल छ,  शरीर थकित होला,  तर पाइला मेरा अथक छन् ।  जब–जब यो धर्ति काँपेर आउँछ,  तब–तब मेरो मनमा पनि,  त्यसका पराकम्पन् छाउँछन्,  जब–जब श्रावणमा गगन,  मेघका बोझले कराउँछ,  तब–तब फेरि कोशी रिसाउँछिन् कि भनि,  मेरो मन डराउँछ ।  तर जगत हड्बडाएपनि,  साहस मेरो डगमगाउँदैन,  आशा झिर्मिराएपनि,  तपश्या मेरो धिर्मिराउन्न,  चाहे यो देहले प्र...