एकान्तमा टोलाइरहेको त्यो तिम्रो मनलाई सोध, “के यहि नै हो वास्तविकता?” आज आफ्नै देहलाई आफ्नो अस्तित्व सोध्दैछ आत्माले, स्पस्टिकरण माग्दै छ जीवन ले, “के यहि नै हो वास्तविकता?” आफ्नै मनको खोलाले बगाएका आकाङ्ग्छ्या, आज किनार माग्दैछन्, कुनै सपनाका पछि लागेका पाइला, आज तिनै सपनाबाट भाग्दैछन्, आफ्नै अन्तर्मनको कोलाहलबाट ब्युझिएर, सोध, तिमी आफैलाई, “के यहि नै हो वास्तविकता ?” सितल हावाको लहरसंगै बगिरहने यी विचारधारा, आज चिन्तै चिन्ताका लू ले तातिएकाछन्, सदैव अडिग अटल रहने बिचार, प्रश्नै प्रश्नका मदिराले मातिएकछन, विवादै विवादले थुनिएका मस्तिस्कका ढोका ढक्ढकाएर सोध तिमी, “के यहि नै हो वास्तविकता ?” समय गतिशील छ, समय नै अपरिहार्य, यहि समय कै एउटा समयजालमा, आज चाहना अड्किएकाछन्, कुनै बेला अविरल प्रबाहका शब्दावली, आज आफ्नै बाहावमा भड्किएकाछन्, त्यहि खोला बाट लम्की आएको, त्यो, एउटा कुलोलाई एकछिन थामेर सोध तिमी, “के यहि नै हो वास्तविकता ?” आज आ-आफै लड्दै गरेका, मन — मस्तिसक देखेर यो सोच पनि आफै भित्र हराएको छ, मस्तिस्क पनि आज मन आफु माथि “हावी हुन्छ कि?” भनेर डराएको छ । यी...